नाडा अटो सो २०२५ को अवशरमा विभिन्न्न विषयमा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

नाडा अटो सो २०२५ को अवशरमा विभिन्न्न विषयमा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस वर्ष, केवल ५ दिनमै १,४९,८८१ दर्शकले अवलोकन गरिसकेका छन्। यो तथ्यांकले आम जनता नविन प्रविधिहरु र यस अटो शो प्रति धेरै चासो र जिज्ञाशा राख्छन भन्ने प्रष्ट भएको छ।

नाडा अटो शो को आज पाँचौ दिनमा पनि देशका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुले प्रदर्शनीको अवलोकन गरेका छन् । आज नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डीङ्गस्का अध्यक्ष अरुणकुमार चौधरी र कलाकार सन्दिप क्षेत्रीले नाडा अटो शो २०२५ को अवलोकन गरेका छन् ।

नाडा अटो शो २०२५ को अवसरमा नाडाले हरेक दिन विभिन्न विषयहरुमा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ । यसै क्रममा नाडा अटो शो को आज पाँचौ दिनमा पनि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी आज नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीको प्रमुख आतिथ्यतामा मेड इन नेपाल विषयमा पनि एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षका हैसियतले म यी उपलब्धिहरुलाई एउटा शुभारम्भको रूपमा लिएको छु। यसले हाम्रो अपेक्षामा अझ बृद्धि भएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।

ऐतिहासिक सफलतामा योगदान पु‍र्याउनु भएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाकोतर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं। नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव पनि हो।

प्रकाशित : ७ भदौ २०८२, शनिबार २०:५६ 23 August, 2025 8:56 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।