काठमाडौं । नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु कमर्सियलले राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा नयाँ इलेक्ट्रिक पिकअप ई–टुनल्यान्ड सार्वजनिक गरेको छ।
ई–टुनल्यान्डमा ८८ किलोवाट आवर क्षमताको CATL ब्याट्री जडान गरिएको छ, जसले सिंगल चार्जमा WLTP मापदण्डअनुसार ३५० किलोमिटर सम्मको रेन्ज प्रदान गर्नेछ। यसमा १३० किलोवाटको मोटर प्रयोग गरिएको छ। सुरुवाती चरणमा सो पिकअप टु–ह्वील ड्राइभ अप्सनमा मात्र उपलब्ध हुनेछ।
निर्माताले यसमा आकर्षक वारेन्टी योजना पनि सार्वजनिक गरेको छ। ब्याट्रीमा ८ वर्ष वा ४ लाख किलोमिटर र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुनेछ।
फोटोन ई–टुनल्यान्डको नेपाली बजारमा मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नाडा अटो शो विशेष अफर अन्तर्गत १ लाख रुपैयाँ छुट पनि प्रदान गरिनेछ।
फोटोनले यस विद्युतीय पिकअपमार्फत हरित भविष्यतर्फको कदम चाल्दै वातावरणमैत्री विकल्प प्रस्तुत गरेको जनाएको छ। कम्पनीका अनुसार टुनल्यान्डका पिकअपहरूमा जस्तै पावर र पर्फर्मेन्सका विशेषता यस मोडेलमा पनि कायम राखिएको छ।
यसअघि पनि फोटोनले नेपाली बजारमा पिकअप मोडेलहरू उपलब्ध गराएको थियो। विशेषगरी, फोटोन जी७ ले अटो शोमा उल्लेख्य ध्यान आकर्षित गरेको थियो।





Comment