नाडा अटो शोमा दिपल एस०७ आईसीका लागि एमएडब्लु वृद्धिको विशेष योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडा अटो शोमा दिपल एस०७ आईसीका लागि एमएडब्लु वृद्धिको विशेष योजना



काठमाडौं – नाडा अटो शो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले नेपालकै लक्जरी इभी दिपल एस०७ आईसीका लागि ‘एमएडब्लु–ग्यारेन्टिड बाईब्याक’ तथा ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ योजना सार्वजनिक गरेको छ।

यस योजनाअनुसार दिपल एस०७ खरिद गर्ने ग्राहकले किनेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्म इभी बेच्न चाहेमा एमएडब्लुबाट ग्यारेन्टिड बाईब्याक भ्यालु पाउनेछन्। यसले ग्राहकलाई ब्याट्री जीवन र रीसैल भ्यालुका चिन्ताबाट मुक्त गराउने कम्पनीको विश्वास छ।

त्यस्तै, ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ योजनाअन्तर्गत ग्राहकले पाँच वर्षसम्म कुनै अतिरिक्त खर्च बेहोर्नु पर्ने छैन। यसमा निःशुल्क अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मैन्टेनेन्स, चार्जिङ शुल्क तथा रोड ट्याक्ससमेत समावेश छ।

एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, “हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, इभी किन्न आत्मविश्वास बढाउनु र दिपल एस०७ आईसीप्रति विश्वास थप मजबुत बनाउनु हो।”

कम्पनीले विश्वास व्यक्त गरेको छ कि बाईब्याक ग्यारेन्टी र पाँच वर्षसम्मको शून्य स्वामित्व खर्चजस्ता योजनाले नेपालका लक्जरी इभी बजारमा दिपल एस०७ आईसीलाई अझ अग्रणी बनाउनेछन्।

प्रकाशित : 21 August, 2025 1:53 pm