०दशमलव ६५ अंकले बढ्योे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

०दशमलव ६५ अंकले बढ्योे नेप्से



काठमाडौँ १ जेठ । चुनाव पछिको पहिलो दिन सोमबार नेप्से झिनो अंकले उकालो लागेको छ । सोमबार नेप्से ० दशमलव ६५ अंकले उकालो लागेको छ ।१६५८ मा खुलेको नेप्से १६५९ मा पुगेर बन्द भएको छ ।
सोमबार उतपादनमुलक समुहले सबै भन्दा धेरै कमाएको छ । सोमबारे उतपादन मुलक समुह २५ दशमलव ३ अंकले उकालो लागेको छ । सोमबार होटेल समुह १४ दशमलव ९५ अंकले, इन्स्योरेन्स समुह ८ दशमलव ६५ अंकले ,फाईनान्स समुह २ दशमलव ६७ अंकले, बैकिड. समुह २ दशमलव ६४ अंकले उकालो लागेको छ।
सोमबार अन्य समुह ११ दशमलव ५७ अंकले, जलविधुत समुह २ दशमलव २१ अंकले र विकास बैक समुह ० दशमलव ६८ अंकले ओरालो लागेको छ ।

सोमबार कारोबारमा आएका १३९ कम्पनी बाट ११ लाख ३१ हजार ७ सय ९५ कित्ता शेयरबाट ६७ करोड ५५लाख ३ हजार ८ सय ६५ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : १ जेष्ठ २०७४, सोमबार ०९:४३