एनएमबी बैंकको नयाँ अटो लोन योजना : ७.१३% ब्याजदरमा गाडी किन्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबी बैंकको नयाँ अटो लोन योजना : ७.१३% ब्याजदरमा गाडी किन्न सकिने



काठमाडौं । एनएमबी बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। आगामी चाडपर्वलाई लक्षित गरी ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले आकर्षक ७.१३ प्रतिशत ब्याजदरमा सवारी साधन खरिद गर्न सक्नेछन्।

बैंकले यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध गराएको छ। सहज र लचिलो आवेदन प्रक्रियासहितको यस योजनाले ग्राहकलाई व्यक्तिगत सवारी साधन खरिद गर्न थप सहज बनाउने एनएमबी बैंकको विश्वास छ।

विशेष गरी इलेक्ट्रिक सवारी साधन किन्न इच्छुक ग्राहकका लागि यो अफर सुनौलो अवसर हुने बैंकले जनाएको छ। वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ल्याइएको यो योजनामार्फत नेपाललाई दिगो र हरित भविष्यतर्फ अघि बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस अफरसम्बन्धी थप जानकारीका लागि एनएमबी बैंकका नजिकका शाखामा सम्पर्क गर्न सकिनेछ वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नं. E-24 मा उपस्थित प्रतिनिधिबाट जानकारी लिन सकिनेछ।

हाल एनएमबी बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।

प्रकाशित : 19 August, 2025 8:10 am