नेपाल ग्रामीण विकासको मूनाफा २२ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल ग्रामीण विकासको मूनाफा २२ प्रतिशतले वृद्धि



काठमाडौं,१ जेठ  ।नेपाल ग्रामीण विकास बैंक लिमिटेडले तेस्रो त्रैमासमा मुनाफा १९ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १५ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो । गत बर्षको तुलनामा बैंकले २२ दशमलव ३९ प्रतिशतले बढी म्रनाफा कमाएको हो ।

५५ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा २० करोड ७७ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा २४ दशमलव ९१ प्रतिशतले वृद्धि गरी २ अर्ब १४ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ७ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३४ दशमलव ४७ प्रतिशतले बढेर ७३ करोड २० लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा १८ दशमलव १८ प्रतिशतले बढेर २६ करोड १३ लाख रुपैयाँ रहेको छ । बैंकको प्रोभिजनमा ६ करोड ५५ लाख रुपैयाँ राखेको छ भने ४ करोड ६० लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

 

प्रकाशित : १ जेष्ठ २०७४, सोमबार ०८:०४