बैंक अफ काठमान्डू पुग्यो धितोपत्र बोर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक अफ काठमान्डू पुग्यो धितोपत्र बोर्ड



काठमाडौं, १ जेठ ।बैंक अफ काठमाडन्डूले ६१ लाख ५८ हजार ६७ कित्ता संथापक सेयरको एफपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले फेस भ्यालु १०० रुपैयाँमा २१० रुपैयाँ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता ३१० रुपैयाँका दरले एफपीओ बेच्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्दैछ । बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८८ करोड ६७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) २१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ९४ पैसा छ ।

 

प्रकाशित : १ जेष्ठ २०७४, सोमबार ०६:३९