काठमाडौं । यस वर्षको नाडा अटो शोको मुख्य आकर्षण बनेको दिपलको उड्ने कार तातोपानी नाका अवरुद्ध भएपछि भरियामार्फत नेपाल भित्र्याइएको छ।
बाढीपहिरोका कारण १५ दिनदेखि सडक बन्द हुँदा कारलाई स्थानीयले बोकेर ल्याइएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ।
चांगन अटोमोबाइल र इहाङ कम्पनीको सहकार्यमा निर्मित उक्त ईभीटीओएल (Electric Vertical Takeoff and Landing) उड्ने कारलाई नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि अटोकर्पले आगामी भदौ ३ गतेदेखि भृकुटीमण्डपमा हुने नाडा अटो शो २०२५ मा प्रदर्शन गर्ने जनाएको छ।
दुई सिट क्षमताको यस स्वचालित उड्ने कारले एकपटकको चार्जमा ३० किलोमिटर सम्म उड्न सक्छ भने अधिकतम गति १३० किलोमिटर प्रतिघन्टा रहेको छ। सुरक्षाका लागि मल्टी-प्यारासुट प्रणालीसहित यस कारलाई दक्षिण एसियामै पहिलो पटक नेपालमा सार्वजनिक गर्न लागिएको हो।
तस्बिर स्राेत : ताताेपानी भन्सार कार्यालय ।





Comment