काठमाडौं – राजधानीको भृकुटीमण्डपमा आगामी १९ अगस्टदेखि सुरु हुने नाडा अटो शो २०२५ मा फोटोन र सोकोनले यस वर्ष विशेष आकर्षणका साथ सहभागिता जनाउने भएका छन्।
फोटोनले आफ्नो आधिकारिक स्टल A7, J4 र J6 मा नवीनतम सवारी साधनहरूको प्रदर्शन गर्ने छ। स्टल A7 मा आगन्तुकहरूले नेपालभरका चुनौतीपूर्ण अफ–रोड गन्तव्यहरू पार गरेर इतिहास रचेको ‘फोटोन टुनल्यान्ड पिकअप’को प्रदर्शन अवलोकन गर्न सक्नेछन्। शक्तिशाली इन्जिन, उच्च ग्राउन्ड क्लियरेन्स र मजबुत सस्पेन्सनसहितको यो पिकअप व्यक्तिगत तथा व्यवसायिक प्रयोग दुवैका लागि उपयुक्त मानिन्छ। टुनल्यान्ड G7 डिजेलसहित दुई नयाँ मोडेलहरू पनि पहिलोपटक सार्वजनिक गरिनेछन्।
स्टल J4 मा फोटोनले माउन्टेन EV र TM1 मोडललगायतका आफ्ना अन्य सवारी साधन प्रस्तुत गर्नेछ भने, स्टल J6 मा सोकोनले वातावरणमैत्री विद्युतीय भ्यानको प्रदर्शन गर्नेछ, जुन शहरी तथा आसपासका क्षेत्रमा व्यावसायिक यातायातका लागि व्यवहारिक समाधानका रूपमा प्रस्तुत गरिएको हो।
यसपटक फोटोनको स्टलको विशेष आकर्षण भनेको अत्याधुनिक ‘यूनिट्री ह्युमानोइड’ रोबोट हो, जससँग आगन्तुकहरूले प्रत्यक्ष संवाद गर्दै उन्नत रोबोटिक्स प्रविधि नजिकबाट अनुभव गर्ने अवसर पाउनेछन्।
आयोजकका अनुसार, नाडा अटो शोमा सहभागीहरूले नयाँ मोडेलहरूको अवलोकन, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष छलफल तथा विभिन्न अफर र फाइनान्स सुविधा प्राप्त गर्ने अवसर पाउने छन्। इच्छुक आगन्तुकहरूले ९८५१४१७१२२ वा ९८०२३६७५०१ मा सम्पर्क गरी अग्रिम दर्ता गरे उपहार जित्ने मौका समेत पाउनेछन्।





Comment