Benelli को Panarea स्कुटरमा ५०हजार छुट! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

Benelli को Panarea स्कुटरमा ५०हजार छुट!

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो अटो एक्स्पो नाइमा नेपाल मोविलिटी एक्स्पो २०२५ मा इटालियन ब्रान्ड Benelli ले आफ्नो नयाँ स्कुटर Panarea मा विशेष छुटसहितको अफर सार्वजनिक गरेको छ।

भृकुटीमण्डप, काठमाडौंमा साउन २१ देखि २५ गतेसम्म (August 6–10, 2025) आयोजना भइरहेको यस एक्स्पोमा Benelli को स्टलमा पुग्ने ग्राहकले Panarea स्कुटरमा रु. ५०,००० सम्मको छुट पाउनेछन्।

Panarea स्कुटर आधुनिक डिजाइन, सुविधाजनक फिचर र उच्च कार्यक्षमता लिएर आएको छ, जुन विशेषगरी शहरी यात्रुहरूलाई ध्यानमा राखी तयार गरिएको हो।

कम्पनीका अनुसार यो अफर एक्स्पो अवधिभर मात्र लागू हुनेछ।

Benelli Panarea 125 ले नेओ–रेट्रो डिजाइन, आधुनिक सुविधा र उच्च कार्यक्षमता प्रदान गर्छ। 124 सीसी EFI इन्जिनसहित यो स्कुटरले अधिकतम 8.5 PS पावर र 9.2 Nm टर्क उत्पादन गर्छ। करिब 90 किमी प्रतिघण्टाको अधिकतम गति र 50 किमी प्रति लिटरको माइलेज दिन सक्ने क्षमता यसको विशेषता हो।

यसमा LED हेडलाइट, एनालग–डिजिटल मिश्रित ड्यासबोर्ड, USB चार्जिङ पोर्ट, 12 लिटर अन्डर–सिट स्टोरेज र आरामदायी लेदर–फिनिस सीट जस्ता सुविधाहरू छन्। सुरक्षाका लागि अगाडि 190 mm डिस्क ब्रेक र पछाडि 130 mm ड्रम ब्रेक जडान गरिएको छ।

नेपालमा Panarea 125 को आधिकारिक वितरण KTM International Trading Pvt. Ltd. ले गर्दै आएको छ। प्रारम्भिक मूल्य रु. ३,३४,९०० रहेको यो स्कुटर हाल अफरसहित करिब रु. २,९९,९०० मा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित : २५ श्रावण २०८२, आइतबार ०८:३२ 10 August, 2025 8:32 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।