टाटा ईभी अटो कार्निभल सुरु, बीमा देखि नम्बर प्लेटसम्म निःशुल्क सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

टाटा ईभी अटो कार्निभल सुरु, बीमा देखि नम्बर प्लेटसम्म निःशुल्क सुविधा



काठमाडौं। नेपालभरका टाटा शोरुमहरूमा आजदेखि ‘टाटा ईभी अटो कार्निभल’ सुरु भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै यो विशेष कार्यक्रम ल्याएको हो।

यस कर्निभलअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर वा नयाँ खरिद गरेर टाटाका अत्याधुनिक प्रविधियुक्त विद्युतीय मोडेलहरू — टियागो, कर्भ, नेक्सन K3 र पन्च EV — लिन सकिनेछ।

ग्राहकहरूले पाउने प्रमुख सुविधा:

१ वर्षको अटोप्लस बीमा निःशुल्क

वार्षिक सवारी कर निःशुल्क

निःशुल्क एसेसरिज

वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सेवा

होम चार्जिङ बक्स र जडान सुविधा

इम्बोस्ड नम्बर प्लेट निःशुल्क

यसका साथै, देशभरका टाटा शोरुमहरूमा गाडीको प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ, बुकिङ तथा मूल्याङ्कन गर्ने ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन्।

कार्यक्रमको बम्पर पुरस्कारमा एक भाग्यशाली विजेताले कपल ट्रिप टु माल्दिभ्स जित्ने अवसर पाउने छन्।

‘टाटा ईभी अटो कार्निभल’ साउन २५ गतेसम्म सञ्चालन हुनेछ

प्रकाशित : 8 August, 2025 11:29 am