नाइमा मोबिलिटी एक्स्पोमा एभरेष्ट बैंकद्वारा सस्तो ब्याजमा सवारी कर्जा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाइमा मोबिलिटी एक्स्पोमा एभरेष्ट बैंकद्वारा सस्तो ब्याजमा सवारी कर्जा



काठमाडौं, साउन २२ – राजधानी काठमाडौंमा जारी नाइमा मोबिलिटी एक्स्पो २०८२ मा एभरेष्ट बैंक लिमिटेडले सवारी साधन किन्न चाहने ग्राहकहरूका लागि विशेष सवारी कर्जा योजना सार्वजनिक गरेको छ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भइरहेको यस एक्स्पोमा २९ लाखदेखि डेढ करोड रुपैयाँसम्म मूल्यका गाडीहरू प्रदर्शनीमा राखिएका छन्।

कार्यक्रमको शीर्ष प्रायोजकका रूपमा सहभागी भएको एभरेष्ट बैंकले ६.५२ प्रतिशत वार्षिक ब्याजदरमा सवारी कर्जा दिने घोषणा गरेको हो। यो ब्याजदर साउन महिनाको आधार दर ५.२७ प्रतिशतमा १.२५ प्रतिशत प्रिमियम थप गरेर निर्धारण गरिएको हो।

बैंकका अनुसार, यो योजना विशेषगरी एक्स्पो अवधिका लागि मात्र लागू हुनेछ र सामान्य कर्जाभन्दा फरक तथा सस्तो दरमा कर्जा उपलब्ध गराइनेछ। साथै, भदौ महिनामा आधारदर परिमार्जन भएमा, नाइमा एक्स्पोमा गाडी बुक गर्ने ग्राहकले नयाँ आधारदरमा १.२५ प्रतिशत प्रिमियम थप गरेर कर्जा पाउनेछन्।

एभरेष्ट बैंकको यो योजना सवारी साधन किन्न इच्छुक उपभोक्ताका लागि अवसरको रूपमा आएको विश्लेषण गरिएको छ।

प्रकाशित : 7 August, 2025 4:23 pm