अटोमोबाइल क्षेत्रमा रोजगारी र सम्भावना : नाइमा अध्यक्ष वैद्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

अटोमोबाइल क्षेत्रमा रोजगारी र सम्भावना : नाइमा अध्यक्ष वैद्य



नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यसलाई सरकारी प्राथमिकतामा राख्न आग्रह गरेकी छन्।

भृकुटीमण्डपमा बुधबार सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटनमा उनले अटोमोबाइल क्षेत्रले करिब ४.७ प्रतिशत रोजगारी सिर्जना गर्दै आएको र हजारौँ नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको जानकारी दिइन्।

वैद्यका अनुसार विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले चार्जिङ पूर्वाधार, प्रविधिक तालिम र नयाँ अवसरहरू सिर्जना गरेको छ। उनले युवालाई रोजगारयोग्य बनाउन सीटीईभीटी र शिक्षा मन्त्रालयसँग सहकार्य गर्दै सीप विकासमा लगानी बढाइरहेको बताइन्।

साउन २५ गतेसम्म चल्ने उक्त एक्स्पोमा ५० स्टलमार्फत ४७ भन्दा बढी ब्रान्ड सहभागी छन्। कार्यक्रममा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र व्यावसायिक सवारीसाधनका नयाँ मोडेल सार्वजनिक हुनेछन्। एक्स्पोस्थलमा अपांगमैत्री सुविधा, सुरक्षा व्यवस्था तथा आपतकालीन सेवा राखिएको छ।

कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए। आयोजकका अनुसार, यस वर्षको एक्स्पोले नेपालमा विद्युतीय सवारीसाधनको सम्भावना र भविष्यबारे महत्वपूर्ण सन्देश दिनेछ।

प्रकाशित : 6 August, 2025 4:27 pm