नेपालमा बीवाईडी एट्टो १ ईभी लन्च: २८.९५ लाखदेखि सुरु, ३०० किमी रेन्ज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नेपालमा बीवाईडी एट्टो १ ईभी लन्च: २८.९५ लाखदेखि सुरु, ३०० किमी रेन्ज



काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक ‘बीवाईडी एट्टो १’ आधिकारिक रूपमा नेपालमा सार्वजनिक गरेको छ। नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सो मोडेलको औपचारिक लन्च गरिएको हो।

विश्वबजारमा बीवाईडी सिगल, डल्फिन मिनी वा डल्फिन सर्फ नामले परिचित यो सवारीलाई कम्पनीले नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि ‘गेम चेन्जर’ को रूपमा प्रस्तुत गरेको छ। वर्ल्ड कार अवार्ड्समा ‘वर्ल्ड अर्बन कार अफ द इयर २०२५’ उपाधि पाएको यस मोडेलले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा अग्रता कायम गरेको कम्पनीको दाबी छ।

“बीवाईडी एट्टो १ मार्फत हामीले ईभी प्रविधिलाई प्रजातान्त्रिकरण गर्दै नेपाली सडकमा विश्वस्तरीय नवप्रवर्तन ल्याएका छौं,” साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने। “यो केवल एक इन्ट्री-लेभल ईभी मात्र होइन, सहरी मोबिलिटीतर्फको क्रान्ति हो, जसलाई अहिलेको अर्बन लाइफस्टाइल र भोलिको हरित भविष्यलाई ध्यानमा राखी डिजाइन गरिएको हो।”

बीवाईडीको एडभान्स्ड ई–प्लेटफर्म ३.० मा निर्मित र क्रान्तिकारी ब्लेड ब्याट्रीले सुसज्जित एट्टो १ मा सेल–टु–बडी (CTB) प्रविधि प्रयोग भएको छ, जसले एकीकृत संरचना र उच्च सुरक्षा सुनिश्चित गर्छ।

नेपालमा यो मोडेल दुई भेरियन्टमा उपलब्ध हुनेछः

डाइनामिक: 30.08 kWh ब्याट्री, सिंगल चार्जमा 230 km (WLTP) रेन्ज, मूल्य रु 28.95 लाख।

प्रिमियम: 38.88 kWh ब्याट्री, सिंगल चार्जमा 300 km (WLTP) रेन्ज, मूल्य रु 32.99 लाख।

विशेष अफर
एक्सपोमा बुकिङ गर्ने ग्राहकलाई नगद छुट, एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, 3.3 kW पोर्टेबल चार्जर, 10 वर्षको विस्तारित वारेन्टी, निःशुल्क एसेसरिज र 10 वर्षसम्म एप कनेक्टिभिटी सब्स्क्रिप्सन प्रदान गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, एट्टो १ ले अत्याधुनिक अन्तर्राष्ट्रिय डिजाइन, सहरी उपयोगिता र उत्कृष्ट सुरक्षाको संयोजन प्रस्तुत गर्छ र नेपालमा सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट ईभी बन्ने लक्ष्य लिएको छ।

बीवाईडी एट्टो १ को लन्चसँगै साइमेक्स इंकले नेपालको सफा, स्मार्ट र समावेशी विद्युतीय भविष्यतर्फको यात्रामा थप गति ल्याएको जनाएको छ।

प्रकाशित : 6 August, 2025 1:16 pm