बालकुमारी सहकारीको कारोबार २.३१ अर्ब नाघ्यो, बचत र लगानीमा उल्लेखनीय वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बालकुमारी सहकारीको कारोबार २.३१ अर्ब नाघ्यो, बचत र लगानीमा उल्लेखनीय वृद्धि



भक्तपुर । मध्यपुर ठिमीस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको वित्तीय कारोबार असार मसान्तसम्म २ अर्ब ३१ करोड २० लाख ४६ हजार रुपैयाँ पुगेको छ।

संस्थाले जेठ मसान्तमा २ अर्ब २१ करोड ३८ लाख २३ हजार रुपैयाँ कारोबार गरेको भए पनि असार मसान्तमा करिब १० करोड रुपैयाँले वृद्धि गरेको हो। बचत संकलन पनि बढेर १ अर्ब ९५ करोड ८५ लाख ४५ हजार रुपैयाँ पुगेको छ, जुन जेठमा १ अर्ब ८४ करोड ५९ लाख ९ हजार रुपैयाँ थियो।

संस्थामा हाल ७ करोड ९६ लाख ४९ हजार रुपैयाँको जेगेडा कोष र ७० लाख ४९ हजार रुपैयाँको अन्य कोष रहेको छ। लगानीतर्फ पनि वृद्धि देखिएको छ, जेठमा १ अर्ब ३३ करोड १० लाख २२ हजार रुपैयाँ रहेको लगानी असार मसान्तसम्म १ अर्ब ४१ करोड २६ लाख ५२ हजार रुपैयाँ पुगेको छ।

हाल संस्थामा ५,९५४ जना सदस्य रहेका छन् भने सेयर पूँजी १३ करोड ७६ लाख ७३ हजार ८०० रुपैयाँ रहेको छ।

प्रकाशित : 5 August, 2025 7:55 am