विद्युतीय सवारी बजारमा नयाँ प्रतिस्पर्धा : जिलीको EX5 नेपाल प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

विद्युतीय सवारी बजारमा नयाँ प्रतिस्पर्धा : जिलीको EX5 नेपाल प्रवेश



काठमाडौँ। नेपाली विद्युतीय सवारीसाधन (EV) बजारमा चीनको जिली अटो होल्डिङ्ग ग्रुपद्वारा उत्पादन गरिएको नयाँ EX5 EV आधिकारिक रूपमा भित्रिएको छ।

आधिकारिक आयातकर्ता LRR मोटर्सले विशेष गरी NADA Auto Show 2025 लाई लक्षित गरी EX5 Pro र EX5 Max गरी दुई मोडल सार्वजनिक गरेको हो। यी मोडलहरू छोटो समयमै विश्वव्यापी रूपमा लोकप्रिय भइसकेका छन्।

६०.२ kWh क्षमताको LFP Short Blade ब्याट्रीले यस गाडीलाई ५३० km (CLTC) तथा ४३० km (WLTP) सम्मको माइलेज दिने दाबी गरिएको छ। १६० kW (२१५ HP) क्षमताको मोटरले ०–१०० km/h गति ६.९ सेकेन्डमै हासिल गर्न सक्ने कम्पनीको दाबी छ।

१५.४ इन्चको टचस्क्रिन, १०.२ इन्चको डिजिटल क्लस्टर, प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ, हीटेड र मसाज सिट, हेड-अप डिस्प्ले र प्रिमियम साउण्ड सिस्टम जस्ता सुविधा समावेश गरिएको छ। सुरक्षाका लागि ६ एयरब्याग, ABS, EBD, ESC, AEB, Blind Spot Monitoring, Hill Assist लगायत प्रविधि उपलब्ध छन्।

मूल्य

नेपाली बजारमा EX5 Pro को मूल्य ५८ लाख रुपैयाँ र EX5 Max को मूल्य ६८ लाख रुपैयाँ तोकिएको छ। NADA Auto Show को अवसरमा मूल्यमा विशेष लाभ दिने योजना कम्पनीले जनाएको छ।

कम्पनीको विश्वास छ, किफायती मूल्य, लामो रेन्ज, अत्याधुनिक प्रविधि र लक्जरी इन्टेरियरका कारण यी मोडलहरू नेपाली बजारमा लोकप्रिय हुनेछन्।

प्रकाशित : 4 August, 2025 12:13 pm