अमेरिकामा उच्च शिक्षा हासिल गर्न इच्छुकका लागि ‘यूएसए स्कलरसिप डे’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अमेरिकामा उच्च शिक्षा हासिल गर्न इच्छुकका लागि ‘यूएसए स्कलरसिप डे’



काठमाडौं । अमेरिकामा उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका नेपाली विद्यार्थीलाई लक्षित गर्दै इन्लाइटन इन्टरनेशनल एजुकेशनले ‘यूएसए स्कलरसिप डे’ आयोजना गर्ने भएको छ।
कार्यक्रम शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बागबजारस्थित इन्लाइटनको केन्द्रिय कार्यालयमा हुनेछ।

यस विशेष अवसरमा विद्यार्थीहरूले अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरू – अविला विश्वविद्यालय, वेबस्टर विश्वविद्यालय, हर्जिङ विश्वविद्यालय, कोनकोर्डिया विश्वविद्यालय र एलएम कलेज अफ फेसन एण्ड लाइफस्टाइलका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाटको अवसर पाउनेछन्। सो अवसरमा टेस्ट तयारी, विश्वविद्यालय छनोट, छात्रवृत्ति, आर्थिक कागजात र भिसा प्रक्रियासम्बन्धी प्रत्यक्ष परामर्श उपलब्ध हुनेछ।

कार्यक्रममा सहभागी हुने विद्यार्थीलाई मेरिट र प्रोफाइलका आधारमा १०० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिने इन्लाइटनले जनाएको छ। साथै परीक्षा तयारी र भिसा प्रक्रियामा समेत १०० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

त्यसैगरी तत्काल प्रोफाइल मूल्यांकन, स्पट आवेदन, शून्य आवेदन शुल्क, उपहार ह्याम्पर, रिचार्ज कार्ड र मुभी टिकटजस्ता विशेष प्रस्ताव पनि रहने छन्।

साढे एक दशकदेखि विद्यार्थीलाई परामर्श र विदेश पठाउने कार्यमा संलग्न इन्लाइटन इन्टरनेशनल एजुकेशन विद्यार्थी र अभिभावकबीच विश्वासिलो शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ।

प्रकाशित : 31 July, 2025 5:17 pm