संसारका टप १० ह्याकरका राेचक काहानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

संसारका टप १० ह्याकरका राेचक काहानी



कम्प्युटरको अविष्कार पछि अहिले सम्म संसारमा धेरै परिर्वतन भै सकेको छ  । अब संसारमा हतियारबाट युद्ध हैन, टेक्निकको दममा हुने गरेको छ । यहाँ हामी ति टेक्निकका टप १० ह्याकरको बारेमा केही जानकारी दिदै छौँ ।


जोनाथ जेम्सः जोनाथ जेम्सलाई इन्टर नेटको दुनियाले कामरेड नामबाट जान्दछन । उनि आज यो संसारमा छैनन । तर उनिले १५ बर्षको उमेरमा नै आफ्नो कला देखाएर संसारलाई नै चकित पारेका थिए ।

 


केविन मिटनिकः केविन मिटनिकको कम्प्युटर ह्यारकर बन्नुमा रोचक कथा छ ।  केनिलाई अमेरिकाको  इतिहासमा मोस्ट वान्टेड साइबर क्रिमिनल भएको बताइएको छ । केविनको जिवनमा आधारित रहेर २ हलिवुड फिल्म पनि बनि सकेको छ । ३ बर्ष जेल सजाय भोगे संगै ३ बर्ष निगरानिमा राखेर रिहा गरियो । तर फेरि उनलाई २ बर्षका लागि जेलमा नै हालियो । उनलाइ जेल हाल्नुको मुख्य कारण भनेको  अमेरिकाको नेशनल सेक्यूरेटि एलर्ट प्रोग्राम र कर्पोरेट सेक्रेटस चोरी गरेका थिए ।  ५ बर्ष जेलमा बिताए पछि उनले आफैलाई बदले अनि कन्सल्टेन्ट बने । यो संगै उनले आम मानिसहरुलाई कम्प्युटरको सुरक्षाको बारेमा जानकारी दिन थाले । हाल उनि साइबर सुरक्षाको बारेमा काम गर्ने आफ्नै कम्पनी चलाइरहेका छन् ।

 


अल्वर्ट गोँजालेजः लल्बर्ट गोँजालेसंग अमेरिकाका आधी आवादीहरुका क्रेडिट कार्डका सबै डिटेलहरु थिए ।  १७ करोड जनाको क्रेडिट र डेबिट कार्ड बेचेर उनले करोडौ कमाउन सफल भए । उनले शैडोक्यूस नाममा गु्रप  पनि बनाएका थिए । त्यसमा उनले फर्जि पासपार्ट, फर्जी हेल्थ इन्सोरेन्स कार्ड र फजी जन्म प्रमाणपत्र बेचेर निकै कमाए । उनि पक्राउ पर्न साथ २०।२० बर्षको २ सजाए सुनाइयो । जुन सजाए साथ साथ चलिरहेका छन ।

 


केविन पाँलसनः केविन पालसन को “डार्क दाते” नाम बाट पनि चिनिन्छन ।  उनले एउटा रेडियो स्टेसनको सिस्टमलाई ह्याक गरेर एकउटा शोमा जीत हात पारे ।  यो जीतको समयमा उनले १५ मिनेट सम्म सबै फोनलाईन कब्जामा राखेका थिए । उनले शो जीते पछि पोर्श कारका मालिक बने अनि उनि माथि एफबीआई माथि आँखा पर्न गयो । पछि उनले एफबीअआईमा पनि हमला गरे  अनि एफबीआईको सबै सिस्टम ह््याक गरे  । यती मात्रै हैन उनले सुपर मार्केटको सबै सिस्टम ह््याक गर्न सफल भए । यो पता ले पछि उनलाइ लामो समय जेल सजाय सुनाईयो ।  उनले त्यो सजाय पुरा गरे पछि उनले पत्रकारिताको बाटो समाउन पुगे र हाल उनि वायर्ड न्यूजका बारिष्ठ सम्पादक छन । उनले अमेरिकी पुलीसलाई सहयोग गर्दै नेटवर्किंग वेबसाइट “मायस्पेस”मा सक्रिय ७४४ यौन अपराधीलाई चिन्न अहम भूमिका समेन निभाए ।

 


गैरी मैकिनाँनः  उनि इन्टरनेटको दूनियामा “सोलो” नामले चर्चित हुन पुगे । उनले संसारमा सबै भन्दा ठूलो आर्मी अपरेसनको सिस्टमलाई ह्याक गर्न सफल बने । उनले  ह्याको काम बाटै अमेरिकी सेना र नासाको ९७ कम्प्युटर माथि पुर्ण नियन्त्रण गरेका थिए । उनले पछि बताए कि उनले यूएफओ र सौर्य उर्जामा नियन्त्रणको उपाय खोजमा दृढ भएर लागेका थिए । तर अमेरिकी अधिकारीहरुले जनाए अनुसार  उनले ३०० कम्प्यूटरमा आफ्नो नियन्त्रण कायम गरेका थिए । त्यस पछि उनले त्यहाँका संवेदनशिल फाइललाई डिलिट गरेका थिए । उनको यो कार्यले अमेरिकी सरकारको ७० लाख डलर नोक्सान हुन गएको थियो । उनि अहिले पनि १५ बर्ष देखि अमेरिकी सरकारको बिरुद्ध मुद्दा लडिरहेका छन् ।


जीनमसन जेम्स एंचेताः जीनमसन जेम्स एंचेतालाई  ह्याकरको गुरु मानिन्छ ।  उनले २००४मा यस्तो भाइरस तयार गरे त्यो भाइरस कुनै पनि कम्प्यूटरमा जाने बितिकै लग इन डिटेलस ह्याकर सम्म पुग्छ ।  यहि भाइरसको सहयोगमा उनले घरमा नै बसेर  ५ लाख कम्प्यूटरमा पहुँच पुर्याउन सफल बने । ति कम्प्युटर कति पय ह्याकर सम्म पनि पुर्याउन सफ लबने  । अनि ति कम्पनीका मालिसंग पैसा अशुल गर्न सफल भए ।
उनलाई पक्राउ गर्न एफबीआईले २००५मा स्टिंग अपरेसन गर्यो । ५ बर्षको जेल सजाय हुनको साथै उनि संग रहेको बीएमडब्ल्यू कार पनि खोसियो ।


जँर्ज हाँट्जः उनलाई खराब ह्याकरको रुपमा राख्नु गलत हुन्छ । उनले कसैलाई पनि नोक्सान हुने कार्य भने गरेनन् । उनले टेक्निकमा भएको कमी खोजी गरेर कम्पनीलाई आफुले ल्याएका  उत्पादनहरुलाई र कम्पनीलाई सुधारमा ल्याउन भूमिका खेले ।बिशेष गरि एप्पल जस्तो कम्पनीको आइफोनको सबै मोडलको बारेमा जानकारी लिएर आफ्नो ब्लगमा छापे । उनलाई आइफोनको सार्थ आइप्याडमा भएको कम्जोरी पनि बाहिर ल्याए ।  पछि एप्पलले  उनलाई अदालत सम्म ल्यायो । तर अदालत बाहिर नै यो समस्या सुल्झीयो ।

 


एडियन लामोः उनको बाल्यकाल अभावमा बित्यो किशोर अवस्था पनि  । उनलाई “होमलेस ह्याकर”को नामले पनि चिनिन्छ ।  उनि लामो समय न्यूवर्क टाइमस र माइक्रोसफ्ट जस्तो  कम्पनीको सेक्यूरेटी सिस्टको अध्ययनमा लागे । गरिबीको चपेटमा बाचेका लामो पब्लिक इन्टरनेट कनेक्सनबाटै काम चलाउने गर्थे ।  उनि कुनै कफि सपमा बसेर ठूला ठूला कम्पनीका सुरक्षाको बन्दोबस्तीको ध्ज्जी उडाउथे र उनिहरुलाई सचेत बनाउथे । उनको यो कार्यलाई मान्नु र सहयोग लिनु भन्दा पनि उनले देखाएका कम्जोरीलाई ति कम्पनीहरु। ले वेवस्ता गरे । यही कारण उनलाई अपराधी मान्न थालियो   । अमेरिकी अदालतले उनलाई ६५ हजार डलर जरिवानाको सहित सुधार गृहमा राखियो ।  पछि उनि छुटे पछि पत्रकारिता पेशामा आए । साथै ह््याकींगका बारेमा चासो राख्नेलाई टिप्स पनि दिए ।

 


रोबर्ट टप्पन मारिसः उनि अमेरिकाको नेशनल कम्प्यूटर सेक्यूरेटी सेन्टरका प्रमुख रहहेका रोबट मारिसका छोरा हुन । उनले सबै भन्दा पहिला कम्प्यूटर वाइरस खोज्ने र कम्प्यूटर फ्रड केसमा सजाय पाउने पहिलो व्यक्ती पनि हुन ।  कार्नेल बिश्वबिद्यालयमा शिक्षा लिइरहेकै बेलो माँरिसले माँसिर वाइरसको खोज गरे अनि कम्प्यूटरको संसारमा उतारे । यसले धेरै कम्पनीलाई नोक्सान पुर्यायो । यो संगै उनि पक्राउ परे र ३ बर्षको जेल सजाए पनि पाए ।  अहिले उनि  एक प्रध्यापकको हिसाबबले मैसाचुसेट्स इन्सिटीयुट अफ टेक्नोलोजीमा पढाउदै आएका छन ।

 

ओवेन वाँकरः उनि कम्प्युटर ह्याकींगको दुनियामा अकील नामले चिनिन्छन ।  उनले ह्याकरका अन्तराष्टिय समुह नै खडा गरेका थिए । त्यो पनि आफ्नो १८ बर्षको  उमेर अगाडी नै  । उनले एक्बाँट वायरस बनाएर १३ लाख कम्प्यूटरमा पकड जमाए ।  यही वायरसका कारण  पेसिलवेनिय विश्वविद्यालयको कम्प्यूटर सिस्टम नै मेटिन पुग्यो । त्यही कारण  एफबीआइले न्यूजिल्यान्ड सरकार संग मिलेर  अपरेसन चलाउनु पर्यो । लामो प्रायास पछि मात्रै उनलाई पक्रा उगर्न  सरकार सफल भयो ।  उनलाई अप्रिल २००८मा उनलाई निर्दोश ठहर गर्दै अदालतले रिहा गर्यो ।  अदालतको  भनाई थियो । उनले यो काम अपराधलाई ध्यानमा राखेर गरेका थिएनन । अनि उनले यसबाट कुनै फाइदा उठाएनन् । उनले मात्रै रमाइलोका लागि यो काम गरेका थिए । यस्तो अवस्थामा उनलाई सजाय भए भविष्य नै बर्बाद हुन सक्छ ।  अहिले उनि अस्टेलियन टेलिकम्यूनिकेशन कम्पनीको सेक्युरेटिी डिभिजनको प्रमुख भएर काम गर्दै आएका छन ।

 

प्रकाशित : २७ बैशाख २०७४, बुधबार ०६:५८