१३ दशमलव ५१ अंकले बढ्योे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१३ दशमलव ५१ अंकले बढ्योे नेप्से



काठमाडौँ २६ बैशाख । चुनाबको माहोलसंगै नेप्सेमा हरियालि छाएको छ । मंगलबार नेप्से १३ दशमलव ५१ अंकले उकालो लागेको छ । मंगलबार कारोबारमा आएका सबै समुहले कमाएका छन । १६ सय ३७ मा खुलेको नेप्से १६ सय ५०मा पुगेर बन्द भएको छ ।
मंगलबार सबै भन्दा धेरै जलविघुत समुहले कमाएको छ । मंगलबार जलविघुत समुह ११५ दशमलव ९६ अंकले उकालो लागेको छ । मंगलबार इन्स्योरेन्स समुह ६६ दशमलव ०१ अंकले, विकास बैक समुह २५ दशमलव ०६ अंकले, होटल समुह २२ दशमलव ३६ अंकले, बैकिड. समुह ७ दशमलव ०२ अंकले, फाईनान्स समुह ४ दशमलव ४४ अंकले र अन्य समुह १ दशमलव ४५ अंकले उकालो लागेको छ ।
मंगलबार कारोबारमा आएका १४२ कम्पनी बाट १० लाख ७ सय १३ कित्ता शेयरबाट ६१ करोड २० लाख १८ हजार ४ सय ९७ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : २६ बैशाख २०७४, मंगलवार ०९:३२