काठमाडौं । नेपाल राष्टबैंकले मौद्रिक नीतिमा आधारित सर्कुलर जारी गरेकाे छ। केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। रा
एकल ग्राहक शेयर धितो कर्जाको सीमा २५ करोड पुग्यो
मौद्रिक नीतिअनुसार, राष्ट्र बैंकले शेयर धितो राखी लिइने कर्जाको अधिकतम सीमा वृद्धि गरेको छ। अब एकल ग्राहकले धितोमा शेयर राखी लिने कर्जाको सीमा २५ करोड रुपैयाँसम्म तोकिएको छ। यसअघि उक्त सीमा १५ करोड रुपैयाँ मात्र थियो।
पहिलोपटक घर खरिदमा ३ करोडसम्म कर्जा
पहिलोपटक आफ्नै नाममा आवास निर्माण वा खरिद गर्न चाहने व्यक्तिहरुलाई दिइने व्यक्तिगत आवासीय घर कर्जाको सीमा पनि बढाइएको छ। अब पहिलो घर किन्दा वा निर्माण गर्दा अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ। अघिल्लो प्रावधानमा यो सीमा २ करोड रुपैयाँमा सीमित थियो।
लोन टु भ्यालु अनुपातमा परिमार्जन
आवासीय घर निर्माणका लागि प्रदान गर्ने कर्जाको हकमा लोन टु भ्यालु अनुपात बढाएर ७० प्रतिशत कायम गरिएको छ। यसअघि ६० प्रतिशत थियो। पहिलोपटक घर खरिद वा निर्माण भने यो अनुपात ८० प्रतिशत कायम गरिएको छ। जुन पहिले ७० प्रतिशत थियो।
निक्षेप संकलन सीमा हटाइयो
एकीकृत निर्देशनमा गरिएको अर्को महत्वपूर्ण संशोधनअनुसार अब वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरुले निक्षेप संकलनमा कुनै सीमा राख्नु नपर्ने। अघिल्लो व्यवस्थाअनुसार यस्तो सुविधा वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकलाई मात्र उपलब्ध थियो। अब राष्ट्रियस्तरका वित्त कम्पनीहरु पनि यो सुविधा प्रयोग गर्न सक्ने भएका छन्। यसले उनीहरुको स्रोत संकलन क्षमतामा वृद्धि हुने अपेक्षा गरिएको छ।
वैदेशिक रोजगारीमा जानेलाई कर्जा सुविधा
राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई दिइने कर्जा सुविधामा पनि महत्वपूर्ण सुधार गरेको छ। अब श्रमिकहरुले धितो राखी वा बिना धितो ३ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। त्यस्तै महिलाको हकमा यो सीमा अझ उदार बनाइएको छ। अब वैदेशिक रोजगारीमा जान लागेका महिलाले ५ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्।यसअघि श्रमिकका हकमा कर्जाको सीमा १ लाख ५० हजार रुपैयाँ मात्र थियो। यस्तो व्यवस्था ल्याइएसँगै श्रमिकले विदेश जानुअघि आवश्यक तयारी खर्च जुटाउन सहज हुने विश्वास गरिएको छ।





Comment