डा. खगराज शर्मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

डा. खगराज शर्मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्त



काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको सिफारिसका आधारमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो।

डा. शर्मा यसअघि तत्कालीन राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिवको रूपमा कार्यरत थिए। उनको सहकारी क्षेत्रको अनुभव र योगदानलाई ध्यानमा राख्दै प्राधिकरणको नेतृत्व सुम्पन सिफारिस गरिएको थियो।

अध्यक्ष तथा विज्ञ सदस्य नियुक्तिका लागि गठित सिफारिस समितिले कार्ययोजना मूल्यांकन र अन्तरवार्ताका आधारमा डा. शर्मासहित पूर्व सचिव अर्जुन पोखरेल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडलको नाम मन्त्रिपरिषद्मा पेश गरेको थियो।

सरकारले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन र निगरानीका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गत माघमा स्थापना गरेको हो। नयाँ प्राधिकरणमार्फत सहकारी क्षेत्रको पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन कायम गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित : 15 July, 2025 7:37 am