८ दशमलव ३२ अंकले बढ्योे नेप्से  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

८ दशमलव ३२ अंकले बढ्योे नेप्से 



काठमाडौँ २५ बैशाख । कारोबारको दोस्रो दिन सोमबार नेप्से ८ दशमलव ३२ अंकले उकालो लागेको छ । १६ सय २८ मा खुलेको नेप्से १६ सय ३७मा पुगेर बन्द भएको छ । सोमबार अन्य समुह बाहेक अरु सबै समहहरुले कमाएका छन् ।
सोमबार होटल समुहले बजार लाई बढाएको छ । सोमबार होटल समुह ६१ दशमलव ३२ अंकले उकाले लागेको छ । सोमबार इन्स्योरेन्स समुह ३८ दशमलव १७ अंकले,जलविघुत समुह १२ अंकले, विकास बैक समुह ११ दशमलव ७ अंकले,बैकिड. समुह ७ दशमलव ७१ अंकले र फाईनान्स समुह ५ दशमलव ३९ अंकले उकाले लागेको छ । आज अन्य समुह भने ० दशमलव ८७ अंकले ओरालो लागेको छ ।
सोमबार कारोबारमा आएका १४२ कम्पनी बाट ९ लाख २२ हजार २सय ६१ कित्ता शेयरबाट ५७ करोड २५ लाख १ हजार १ सय ३९ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : २५ बैशाख २०७४, सोमबार ०९:३८