वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) ले आफ्नो २४औं स्थापना दिवस विविध सामाजिक गतिविधिसहित भव्य रूपमा मनाएको छ।
२०५८ साल असार २२ गते २७ जना स्थानीयको पहलमा स्थापना भएको संस्था आजको दिनसम्म आइपुग्दा ८ वटा सहकारी संस्थासँग एकीकरण भइसकेको छ।

मानव सेवा आश्रमलाई नगद सहयोग
स्थापना दिवसको अवसरमा संस्थाले मानव सेवा आश्रम, सुर्खेतलाई रु २१,१११ नगद र एक छाक भोजनका लागि रु १५,००० सहयोग प्रदान गरेको छ।
१३ वटै सेवाकेन्द्रबाट सामाजिक अभियान
संस्थाका १३ वटै सेवाकेन्द्रहरूबाट स्थानीयस्तरमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सम्पन्न गरिए, जसमा:
वृक्षारोपण कार्यक्रम (गुटु सेवाकेन्द्र)
स्वास्थ्य शिविर तथा पाठेघर परीक्षण (छिन्चु सेवाकेन्द्र)
बिरामीलाई फलफूल वितरण (मेहेलकुना सेवाकेन्द्र)
ट्राफिक संकेत बोर्ड तथा डिभाइडर प्रदान (जहरे सेवाकेन्द्र)
बजार सरसफाइ कार्यक्रम (मालिका सेवाकेन्द्र)
शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम (राकम, अभ्युदय, वड्डिचौर)

कस्ले के भने ?
स्थापना दिवसको मुख्य कार्यक्रममा संस्थाका अध्यक्ष बमबहादुर बीसीले संस्थाको विगत, वर्तमान र भविष्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो।
कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका मन्त्री विनोदकुमार शाहले वीरेन्द्रनगर साकोसले सहकारी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएको बताउँदै विशिष्ट उत्पादनमूलक ब्रान्ड निर्माणमा जोड दिनुपर्ने सुझाब दिनुभयो।
संस्थाको वित्तीय अवस्था
कुल पूँजी: रु १ अर्ब ४० करोड ७६ लाख
८ वटा सहकारी एकीकरण
एकीकरण विधामा राष्ट्रिय पुरस्कार प्राप्त
३५८ जना शेयर सदस्य सम्मानित
स्थापना दिवसकै अवसरमा आयोजित विशेष कार्यक्रममा ३५८ जना शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा सल्लाहकार, उद्योगी, सहकारीकर्मी र सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
आगामी लक्ष्य: दिगो र प्रतिस्पर्धी साकोस
अध्यक्ष बीसीका अनुसार, “सदस्य सेवा नै हाम्रो मुख्य उद्देश्य” हो।
संस्थाले साझा स्वामित्व, पारदर्शिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै, “दिगो र प्रतिस्पर्धी वीरेन्द्रनगर साकोस” निर्माण गर्ने लक्ष्य लिएको छ।





Comment