नेप्सेमा झरीको प्रभाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा झरीको प्रभाव



नेप्से खुलेको पहिलो १३ मिनेट बढे पनि त्यसले निरन्तरता पाउन सकेन । राजधानीको झरीले आज बजारलाई निकै प्रभाव पार्यो । कारोबार भएका ८ समूह मध्ये होटेल र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूह झरेका छन् । बिगत केहि दिन देखि लगानीकर्ताको आकर्षण बनेको बिमा समूह पनि घटे पछि आज नेप्से ३ दसमलव ३५ अंकले घटेर ९ सय ४५ दसमलव ७८ अंकमा बन्द भएको छ ।
napsa

आज कुल १ सय ३० कम्पनीका १ हजार ६ सय ८५ कारोबारबाट कुल ४ लाख २७ हजार १ सय ४१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कुल २८ करोड ४ लाख ५६ हजार ३ सय ६३ रुपैया बराबरको कारोबार भएको छ जुन हिजो को तुलनामा करिब ६ करोड रुपैया कम हो ।

कारोबार रकमका आधारमा आज पनि इन्स्योरेन्स कम्पनीहरु नै आगाडी देखिएका छन् । लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एभरेस्ट बैंक लिमिटेड तथा नेपाल बंगलादेश बैंक लिमिटेडले आज सबै भन्दा बढी कारोबार गरेका छन् । त्यस्तै हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेड, नागबेली लघुवित्त विकास बैंक तथा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरुले आज सबै भन्दा धेरै कमाएका छन् भने सिद्धार्थ बैंकको प्रोमोटर शेयर, टूरिजम विकास बैंक तथा युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरुले बढी गुमाएका छन् ।

प्रकाशित : 1 July, 2015 12:55 pm