२४ दशमलव २ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२४ दशमलव २ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ २४ बैशाख । कारोबार को पहिलो दिन आइतबार नेप्से २४ दशमलव २ अंकले ओरालो लागेको छ । १६ सय ५३ मा खुलेको नेप्से १६ सय २८मा पुगेर बन्द भएको छ । आइतबार उतपादनमुलक समुह र अन्य समुह बाहेक अरु सबै समहहरुले गुमाएका छन ।
आइतबार सबै भन्द धैरै इन्स्योरेन्स समुहले गुमाएको छ । आइतबार इन्स्योरेन्स समुह ११२ दशमलव ३ अंकले ओराले लागेको छ । आइतबार जलविघुत समुह ३१ दशमलव ९१ अंकले , बैकिड. समुह २७ दशमलव ९५ अंकले, होटल समुह २३ दशमलव ७८ अंकले, विकास बैँक समुह २२ दशमलव ४४ अंकले र फाईनान्स समुह १० दशमलव ८६ अंकले ओरालो लागेको छ । आइतबार उतपादनमुलक समुह ५ दशमलव २६ र अन्य समुह ० दशमलव २९ अंकले उकालो लागेको छ ।
आइतबार कारोबारमा आएका १४१ कम्पनी बाट ९ लाख ९९ हजार ६ सय ७२ कित्ता शेयरबाट ६९ करोड २३ लाख ८७ हजार ८ सय ६८ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : २४ बैशाख २०७४, आईतवार ०९:५१