बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

उक्त हकप्रद सेयरको लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । बरुण हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसमा आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

लगानीकर्ताहरूले आरबिबि मर्चेन्ट बैंकिङसँगै राष्ट्रिय वाणिज्य बैंकका विभिन्न १५ वटा शाखाहरू विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरानबाट पनि आवेदन दिन सक्नेछन्।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्बा सेवा अन्तर्गतका सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू र सीडीएससीको ‘मेरो सेयर’ प्रणाली मार्फत पनि सहज रूपमा आवेदन दिन सकिनेछ।

प्रकाशित : 27 June, 2025 12:58 pm