हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज शुक्रबार ९असार १३० अन्तिम दिन हो।

कम्पनीले जेठ ३० गतेदेखि आयोजना प्रभावित क्षेत्र र विदेशमा रहेका नेपालीहरूका लागि आइपीओ विक्री खुला गरेको हो। इच्छुक लगानीकर्ताहरूले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।

यस अन्तर्गत १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित स्थानीयवासीका लागि छुट्याइएको छ। यो अनुसार १ लाख ८६ हजार ५ सय कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा बिक्रीमा राखिएको छ। आवेदन दिन पाउने स्थानीय क्षेत्र ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका–८ (साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा) र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका–२ (साविक गोली गाविस वडा नं १ देखि ५) रहेका छन्।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल निष्कासनमध्ये १० प्रतिशत अर्थात् ९३ लाख २५ हजार रुपैयाँ बराबरको सेयर छुट्याइएको छ। यसको आधारमा ९३ हजार २५० कित्ता सेयर विदेशमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरिएको हो।

यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले हिम स्टार ऊर्जा कम्पनीलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ।

प्रकाशित : 27 June, 2025 12:34 pm