नेप्से ०.३३ अंकले घट्याे, कारोबार रकममा भने वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से ०.३३ अंकले घट्याे, कारोबार रकममा भने वृद्धि



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक स्थिर देखिएको छ। आज नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० विन्दुमा बन्द भएको हो। आज सेन्सेटिभ इन्डेक्स ०.०५ अंकले घट्दा फ्लोट इन्डेक्स भने ०.०६ अंकले बढेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स भने स्थिर नै रह्यो।

नेप्से स्थिर रहे पनि बजारमा कारोबार रकम सामान्यरूपमा बढेको छ। मंगलबार पाँच अर्ब ७६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बुधबार ३११ कम्पनीको पाँच अर्ब ९४ करोड २८ लाख रुपैयाँभन्दा बढीको एक करोड ३७ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज मोदी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, तेह्रथुम पावरको शेयर मूल्य पनि उच्च अंकले उकालो लागेको छ।साथै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य भने आज सर्वाधिक गिरावट आएको छ।

बुधबार कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ५३ करोड ९४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको पनि ३६ करोडभन्दा बढीको कारोबार भएको छ भने राधी विद्युत कम्पनीको २५ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

प्रकाशित : 25 June, 2025 3:42 pm