सहकारी संस्थामा देखिएको बदमासी गम्भीर चुनौती हो: उमेश ढुंगाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी संस्थामा देखिएको बदमासी गम्भीर चुनौती हो: उमेश ढुंगाना



काठमाडौं । सहकारी विभागका रजिस्ट्रार उमेश ढुंगानाले सहकारी क्षेत्रमा देखिएका विकृति र आन्तरिक सुशासनमा देखिएको कमजोरीप्रति  चिन्ता व्यक्त गरेका छन । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को संयुक्त आयोजनामा आयोजित “सहकारीको दिगोपनाका लागी भाबी रणनीति विषयक”अन्तरक्रिया कार्यक्रममा  उनले  सहकारी संस्थाका संचालकहरूबाटै बदमासी हुने गरेको र नियमन प्रणालीमा कमजोरी देखिनु गम्भीर चुनौती भएको बताएका हुन ।

उनले नियमनकारी निकायसँगको समन्वय, सहकारी संस्थाहरूको प्रतिवेदन प्रणाली र आन्तरिक मूल्यांकन प्रणाली सबैमा सुधार आवश्यक रहेको बताए। उनले भने, “राम्रो भनिएका सहकारी संस्थाहरू पनि भित्री मूल्यांकन गर्दा कमजोर देखिएका छन्।”

उनको अनुसार हाल देशभर ३२ हजार ९६५ सहकारी संस्था दर्ता छन्। यति ठूलो संख्यामा रहेका संस्थाहरूको फिल्डस्तरमा पुगेर अनुगमन गर्न विभागको जनशक्तिले पुुग्न नसक्ने स्वीकार गर्दै ढुंगानाले नियमन आवश्यक भएकोमा जोड दिए। उनले सहकारी स्वयं स्वनियमनमा चल्ने भए पनि सदस्यहरू नै मालिक हुने संरचनाका कारण उनीहरूको भूमिकामा पनि कमजोरी देखिएको बताए।

सहकारीलाई संविधानले आर्थिक विकासका तीन खम्बामध्ये एक मानेको स्मरण गराउँदै उनले सहकारी विना समृद्धिको परिकल्पना गर्न नहुने धारणा राखे।

प्रकाशित : 17 June, 2025 3:45 pm