एनआईसी एशिया लघुवित्तद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया लघुवित्तद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ। लघुवित्तले जेठ १७ गतेदेखि ३१ गतेसम्म देशभरका सातै प्रदेशका विभिन्न शाखाहरूमा कार्यक्रम सञ्चालन गरी ३,४४५ जना सदस्यहरूलाई वित्तीय ज्ञान प्रदान गरेको हो।

संस्थाले कोशी प्रदेशका ८ शाखाबाट ४६५ जना, मधेश प्रदेशका ८ शाखाबाट ४६० जना, बागमती प्रदेशका ७ शाखाबाट ४३० जना, गण्डकी प्रदेशका ७ शाखाबाट ३९० जना, लुम्बिनी प्रदेशका ९ शाखाबाट ६९५ जना, कर्णाली प्रदेशका ८ शाखाबाट ४०० जना र सुदूरपश्चिम प्रदेशका ८ शाखाबाट ६०५ जना गरी कुल ३,४४५ जना सदस्यलाई कार्यक्रममार्फत लाभान्वित गराएको हो।

ग्रामिण तथा विपन्न समुदायलाई वित्तीय पहुँचमा सहजता प्रदान गर्ने उद्देश्यले लघुवित्तले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कार्यक्रममा संस्थाका विभिन्न तहका कर्मचारीहरू तथा स्थानीय लब्धप्रतिष्ठित व्यक्तित्वहरूले सहभागीहरुलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी तथा सुझावहरू प्रदान गरेका थिए।

संस्थाले आफ्ना सदस्यहरूलाई वित्तीय ज्ञानसँगै पशुपालन, लघु उद्यम, आधुनिक कृषि लगायतका विषयमा तालिमको समेत व्यवस्था गर्दै आएको जानकारी दिएको छ।

प्रकाशित : 15 June, 2025 8:55 pm