अटोमोबाइल क्षेत्रमा नीतिगत स्थिरताको खाँचो छ : रितु सिंह वैद्य (अन्तर्वार्ता ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

अटोमोबाइल क्षेत्रमा नीतिगत स्थिरताको खाँचो छ : रितु सिंह वैद्य (अन्तर्वार्ता )



काठमाडाैँ । मुलुकका अटोमोबाइल ब्राण्डका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनका आयातकर्ता र उत्पादक कम्पनीहरूलाई मोबिलिटी सशक्तीकरण एवम् वकालत गर्ने उद्देश्यसहित स्थापना भएको हो ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ।

नाइमामा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माताले प्रतिनिधित्व गर्छन् । नाइमाको अध्यक्षमा रितु सिंह वैद्य छिन् । उनले टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता वैद्यज् अर्गनाइजेसनको प्रतिनिधित्व गर्छिन् ।

नाइमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको मोबिलिटी सशक्तीकरणका लागि सामूहिक आवाजको प्रतिनिधित्व मात्र गर्दैन, यसले रणनीति सहकार्यदेखि विकास र वकालतका लागि एकीकृत मञ्चका रूपमा पनि काम गर्ने उद्देश्य राखेको छ ।

अटोमोबाइल क्षेत्रका प्रमुख समस्यामध्ये नीतिगत अन्योल एक जटिल चुनौती हो। “विशेषगरी विद्युतीय सवारीसाधनमा लाग्ने भन्सार तथा कर संरचनामा बारम्बार परिवर्तन हुँदा बजारमा अन्योलता बढेको छ,” वैद्यले भनिन्, “यसले ग्राहकलाई कुन सवारी किन्ने भन्ने निर्णयमा अलमल पार्ने मात्र होइन, देशको आर्थिक स्थायित्वमै असर पार्न सक्छ।”

उनले सरकारले स्पष्ट र दीर्घकालीन दृष्टिकोणसहित नीति निर्माण गर्नुपर्नेमा जोड दिइन्। “यदि नीतिमा बारम्बार परिवर्तन भइरह्यो भने न ग्राहकको भरोसा रहन्छ, न व्यवसायमै लगानी आकर्षित गर्न सकिन्छ,” वैद्यको भनाइ छ।

प्रकाशित : 11 June, 2025 3:47 pm