नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यान्युफ्याक्चर्स एसोसिएसन नाइमा ले नेपाल मोबिलिटी एक्सपो २०२५ को लागि पहिलो संस्करणको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न भएको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा उक्त प्रदर्शनी हुनेछ ।

कार्यक्रममा चार पांग्रे, दुई पांग्रे, र व्यावसायिक सवारी साधन क्षेत्रका गरी ५० ब्रान्डहरूको सहभागिता रहने छ । ४८ स्टलमध्ये २१ वटा चार पांग्रे सवारी ब्रान्डलाई, १८ वटा दुई पांग्रे ब्रान्डलाई र ९ वटा स्टल व्यावसायिक सवारी साधन ब्रान्डलाई प्रदान गरिएको जनाइएको छ ।

नाइमा अध्यक्ष रितु सिंह वैद्यले नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले हर्षित र उत्साहित भएको बताइन् । उनका अनुसार सबै स्टल बुक भइसकेका छन्

नाइमाले नेपालका मोबिलिटी क्षेत्रको साझा आवाजको प्रतिनिधित्व गर्ने, रणनीतिक सहकार्य गर्ने, विकासमा योगदान पुर्याउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नीति निर्माताहरूसँग प्रभावकारी पैरवी गर्ने साझा थलोको रूपमा काम गर्ने जनाएको छ ।

यो एक्सपोले परम्परागत प्रदर्शनीको ढाँचाहरुमा नयाँपन थप्ने भएको छ । उपभोक्ता र अटोमोबाईल व्यवसायीहरूलाई आफ्नो सवारी साधनलाई नयाँ र आकर्षक ढङ्गले प्रस्तुत गर्ने अवसर पाउने छन् ।

प्रकाशित : 11 June, 2025 11:24 am