टीभीएस मोटर र जगदम्बा मोटर्सले १ सय रुख रोप्दै मनाए विश्व वातावरण दिवस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

टीभीएस मोटर र जगदम्बा मोटर्सले १ सय रुख रोप्दै मनाए विश्व वातावरण दिवस



काठमाडौं । दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन निर्माणमा विश्वस्तरमा अग्रणी कम्पनी टीभीएस मोटर कम्पनीले काठमाडौंमा वृक्षारोपण कार्यक्रम आयोजना गर्दै विश्व वातावरण दिवस मनाएको छ । लायन्स क्लब अफ काठमाडौं न्यु वेभ्स र बूढानीलकण्ठ नगरपालिकाको साझेदारीमा आयोजित कार्यक्रममा बूढानीलकण्ठ–१ तौलुङ चौकीडाँडा क्षेत्रमा १ सय बिरुवा रोपिएको हो ।

यस्तै टीभीएस आईक्युब प्रयोगकर्ताले नेपालमा संयुक्त रूपमा ५० लाख किलोमिटरको यात्रा पूरा गरेका छन् ।

यस दिगो अभियानले १ लाख ४० हजार लिटर इन्धन बचत ९जसको मूल्य २ करोड २० लाख रुपैयाँ० गर्न सफल भएको छ र यसबाट ३ सय ५० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आएको छ, जुन १५ हजार वटा रुख रोपिएको बराबर वातावरणीय प्रभाव हो ।

टीभीएस मोटर कम्पनीका ईभी तथा अन्तर्राष्ट्रिय व्यापार विभागका उपाध्यक्ष मधुप्रकाश सिंहले भने, ‘नेपालमा टीभीएस आईक्युबको यात्रा अविश्वसनीय रह्यो । हाम्रा ग्राहकले संयुक्त रूपमा ५० लाख किलोमिटर यात्रा तय गरेका छन्, जुन वातावरणमैत्री प्रवृत्तिप्रति उनीहरूको प्रतिबद्धताको संकेत हो । हामी सबै ग्राहक, जगदम्बा मोटर्स र स्वयंसेवकलाई यो सफल कार्यक्रमका लागि आभार प्रकट गर्छौं । यो अभियान स–साना दैनिक व्यवहारबाट हरित भविष्य निर्माण गर्ने सोचको मूर्त रूप हो । टीभीएस आईक्युब स्मार्टमात्र होइन, दिगो र ऊर्जा–किफायती सवारी समाधान पनि हो ।’

वृक्षारोपण कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिका–१ का अध्यक्ष सुरेन्द्र लामा, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, पूर्वएसएसपी तथा समाजसेवी रमेश खरेल, वरिष्ठ कलाकार प्रेमराजा महत र लायन्स क्लब अफ काठमाडौं न्यु वेभ्स तथा जगदम्बा मोटर्स टिमका सदस्यको उपस्थिति थियो ।

हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइन्छ । यो संयुक्त राष्ट्रसंघको प्रमुख वातावरणीय जागरण अभियान हो । टीभीएस मोटर कम्पनी र जगदम्बा मोटर्स प्रालिले यो उद्देश्यलाई समर्थन गर्दै ‘आज परिवर्तन गरौं’ नामक अभियान सञ्चालन गरिरहेका छन् ।

यो अभियान त्याग घटाउने, पुनः प्रयोग र पुनर्चक्रणमा आधारित छ । यसले व्यावहारिक, मापनयोग्य र दिगो अभ्यासलाई प्रोत्साहन गर्दै घर, कार्यालय वा समुदायमा स–साना तर असरदार गतिविधिबाट वातावरणमैत्री परिवर्तन ल्याउने उद्देश्य राखेको छ ।

जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक गुप्ताले भने, ‘हाम्रा ग्राहक हरित भविष्यमा योगदान दिन उत्साहित हुनु निकै प्रेरणादायी कुरा हो । टीभीएस आईक्युबले नेपालका वातावरणप्रेमी सवारी चालकसँग बलियो सम्बन्ध बनाएको छ । आजको यो पहलले हाम्रो दिगोपनको प्रतिबद्धतालाई अझ प्रगाढ बनाउँछ र सफा वातावरण निर्माणमा समुदायको भूमिकालाई सम्मान गर्छ ।

प्रकाशित : 10 June, 2025 4:50 pm