सहकारी संकटले अर्थतन्त्र थला, बजेट तल्लो वर्गमै नपुग्ने : वर्षमान पुन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी संकटले अर्थतन्त्र थला, बजेट तल्लो वर्गमै नपुग्ने : वर्षमान पुन



काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र चलायमान हुन नसक्नुमा सहकारी र लघुवित्त क्षेत्रको समस्याले ठूलो भूमिका खेलेको बताएका छन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्थमन्त्री र सरकारको ध्यान भने यसतर्फ नपुगेको आरोप लगाए । “सहकारी र लघुवित्तको संकट अर्थतन्त्रको गतिरोधको एक प्रमुख कारण हो, तर सरकारको ध्यान त्यसमा छैन,” उनले भने ।

त्यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा तल्लो वर्गलाई बेवास्ता गरिएको भन्दै पुनले आपत्ति जनाए । उनका अनुसार बजेटले गरिब, मजदुर, किसान र सहकारी पीडितको पक्षमा कुनै पनि ठोस प्रबन्ध गरेको छैन ।

पुनले शहरी विकास मन्त्रालयलाई तोकिएको सिलिङभन्दा २७ अर्ब बढी बजेट दिइनुमा समेत प्रश्न उठाए । ‘९१ अर्बको सीमामा १ खर्ब १८ अर्ब बजेट के का लागि ?’ भन्दै उनले सो मन्त्रालयमार्फत खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको आशंका व्यक्त गरे ।

प्रकाशित : 9 June, 2025 2:58 pm