डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड, एआईलाई प्रोत्साहन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड, एआईलाई प्रोत्साहन गरिने



काठमाडौं । सरकारले  डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको छ ।

बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता (एआई)लाई प्रोत्साहन गरिने पनि जानकारी दिए ।

उनले भने,‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गरिने छ । डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरिएको छ ।’

यस्तै अर्थमन्त्री पौडेलले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने, फोरजी सेवाको विस्तार र ठूला शहरमा फाइभजी सुरु गरिने समेत जानकारी दिए ।

प्रकाशित : 29 May, 2025 4:38 pm