राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान



काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। सहकारी ऐन, २०७४ को दफा १०३(ङ) बमोजिम गठित समितिले नेपाल सरकारसमक्ष सिफारिस गर्नका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो।

सूचनामा उल्लेख भएअनुसार, अध्यक्ष पदको लागि इच्छुक उम्मेदवारले अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको हुनुका साथै नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको, वा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा कम्तीमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।

यस्तै, विज्ञ सदस्यको पदका लागि पनि स्नातकोत्तर तहको शैक्षिक योग्यता अनिवार्य गरिएको छ। साथै, उम्मेदवारले अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १० वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ।

सम्बन्धित पदका लागि आवश्यक मापदण्ड पूरा गरेका इच्छुक व्यक्तिहरूलाई तोकिएको समयसीमाभित्र दरखास्त दिन सूचनामार्फत आह्वान गरिएको छ।

प्रकाशित : 25 May, 2025 1:13 pm