दुई उद्योग तथा फर्मलाई चार लाख १० हजार रुपैयाँ जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दुई उद्योग तथा फर्मलाई चार लाख १० हजार रुपैयाँ जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई उद्योग तथा फर्मलाई चार लाख १० हजार रुपैयाँ जरिवाना गरेको छ । बुधबार अनुगमनका क्रममा विभागले काठमाडौं महानगरपालिका–२२ स्थित सुज स्टोरलाई दुई लाख ५ हजार र रेज बिजनेस प्रालिलाई दुई लाख ५ हजार रुपैयाँ जरिवाना गरेको हो।

विभागको अनुगमन टोलीले बुधबार १६ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । ती जुत्ता चप्पल उद्योगले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ ।

प्रकाशित : 15 May, 2025 12:47 pm