पोखरा फाइनान्सको नयाँ तीन शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पोखरा फाइनान्सको नयाँ तीन शाखा



कास्की, १८ वैशाख । पोखरा फाइनान्स लिमिटेडले पोखरा, लेखनाथको आदर्शचोक, विरौटा र वालिङको रामबाच्छा बजारमा शाखाहरूको औपचारिक उद्घाटन वैशाख १५ गते शुक्रबार गरेको छ ।

विरौटा शाखाको पोखरा फाइनान्सका अध्यक्ष भुवनसिंह गुरुङ, आदर्शचोक शाखाको फाइनान्सका संचालक सुन्दर गुरुङ र रामबाच्छा बजार शाखाको उद्घाटन अर्जुनकुमार गुरुङले गर्नुभएको छ ।

पोखरा फाइनान्सले २०७३ चैत मसान्तसम्म ३ अर्ब ४३ करोड निक्षेप संकलन र ३ अर्ब २८ करोड कर्जा प्रवाह गरी १२ करोड रुपैयाँ संचालन मुनाफा गरेको छ । बैंकको हाल चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

पोखरा फाइनान्सले चाँडै नै चुक्ता पूँजी वृद्धिका लागि १५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । त्यस्तै नयाँ शेयर (एफपिओ) निष्काशन गर्ने जनाइएको छ ।

प्रकाशित : १८ बैशाख २०७४, सोमबार ०७:०७