प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि दुई जना र अफिसर सिनियर अफिसर एएम डीएमका लागि दकर्मचारी माग गरेको हो ।

कम्पनीले केन्द्रीय कार्यालय तथा आफ्ना विभिन्न शाखा कार्या लयका लागि कर्मचारी माग गरेको हो । चार्टर्ड एकाउन्टेन्ट पदका लागि सीए पास गरेको र कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। अफिसर, सिनियर अफिसर, एएम वा डीएम पदका लागि कम्तीमा स्नातक तह पास गरेको हुनुपर्नेछ। बीमा बजार व्यवस्थापनमा अनुभव, कम्प्युटर र इन्टरनेटको ज्ञान भएकोलाई प्राथमिकता दिइने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात बैशाख २३ गतेभित्र आवेदन दिनु पर्ने जनाएको छ ।

प्रकाशित : 1 May, 2025 12:49 pm