काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाण्डौले ३ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
नेपाली कांग्रेसकी समानुपातिक सांसद राईलाई काठमाण्डौ जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ । उनलाई म्याद थपका लागि आज अदालत लगिएको थियो ।
Comment