सहकारीको सुधारका लागि सदस्यदेखी अध्यक्षसम्म सबै जिम्मेवार बन्नुपर्छ: अध्यक्ष पाठक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीको सुधारका लागि सदस्यदेखी अध्यक्षसम्म सबै जिम्मेवार बन्नुपर्छ: अध्यक्ष पाठक



काठमाडौ । देशव्यापी सहकारी जागरणमा लागेका नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र सान किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकले सहकारीको सुधारका लागि सदस्यदेखी अध्यक्षसम्म सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएकाछन् ।

बारा र पर्सा जिल्लाका २५ वटा संस्थाका ३ सय २५ जनाको सहभागितामा भएको कार्यक्रममा सबै सहकारीमा समस्य नरहेको दावी गर्दै सहकारीमा सुशासन स्थापित गर्न सके कुनै समस्य नहुने बताए ।

कार्यक्रममा सहभागि संस्थाका सञ्चालक, कर्मचारी, लेखा समिति सदस्य तथा कर्मचारीहरुले आफ्नो सहकारीमा समस्या आउन नदिने प्रतिवद्दता व्यक्त गरे । देशभर प्रारम्भिक संस्थामा सुशासन स्थापित गराउनुपर्छ भन्ने ध्येयकासाथ पाठकले देशव्यपी रुपमा सहकारीको आम प्रशिक्षणमा छन् ।

प्रकाशित : 26 April, 2025 6:41 pm