मर्चेन्ट बैंक बन्ने प्रतिक्षामा ६ कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मर्चेन्ट बैंक बन्ने प्रतिक्षामा ६ कम्पनी



काठमाडौं, १७ बैशाख ।मर्चेन्ट बैंकको अनुमति प्रतिक्षामा बसेका सेञ्चुरी क्यापिटल मर्चेन्ट बैक (सेञ्चुरी बैंकको सहायक कम्पनी) आस्क क्यापिटल मर्चेन्ट बैंक ,आकाश मर्चेन्ट बैंक, वेल्थ म्यानेजमेन्ट बैंकर लिमिटेड, सम्पन्न क्यापिटल मर्चेन्ट बैंक र  जेएसडी क्यापिटल लिमिटेड  आफ्नै लापरवाहीका कारण लाइसेन्स पाउन ढीलो भएको छ । झण्डै ६ महिना अघि कारोबार सञ्चालनका लागि अनुमती माग्दै धितोपत्र बोर्ड पुगेका यि ६  कम्पनीले अहिलेसम्म पनि आवाश्यक कागजात पेस गर्न नसकेका कारण लाइसेन्स नपाएका हुन् । नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेका अनुसार कागजात पेस गरेको १५ दिनभित्रै अनुमति पाइसक्ने अवस्थामा पनि कम्पनी आफैं अनुमति लिन उदासिन देखिएका छन् । सहप्रवक्ता घिमिरे भन्छन्, ‘कारोबार सञ्चालन गर्न पाउ भनेर अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिने तर अनुमति पाउन आवाश्यक प्रक्रिया पुरा गर्न ढिला गर्ने कम्पनीहरु नै दोषी छन् ।आवाश्यक कागजात पेस गर्ने वित्तिकै लाइसेन्स दिनसकिने घिमिरेले बताए ।

यता धितोपत्र विनियमावली २०६४ संशोधनको पहलमा धितोपत्र बोर्ड जुटिरहेको छ । यसका लागि बोर्डले अर्थ मन्त्रालयमा ड्राफ्ट पठाउने तयारी पनि गरिरहेको छ । ड्राफ्टमा मर्चेन्ट बैकको पुँजी वृद्धि र कार्यक्षेत्र विस्तार सम्बन्धी संशोधनलाई विशेष जोड दिइएको भनिएको छ । तर नयाँ मर्चेन्ट बैंकलाई भने तत्काल अनुमति नदिने सहप्रवक्ता घिमिरे बताउँछन ।

प्रकाशित : १७ बैशाख २०७४, आईतवार ०९:०१