चन्द्रकला पौडेल सचिवमा बढुवा, केदारनाथ शर्मालाई सहकारी मन्त्रालयकाे जिम्मेवार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चन्द्रकला पौडेल सचिवमा बढुवा, केदारनाथ शर्मालाई सहकारी मन्त्रालयकाे जिम्मेवार



काठमाडौं। सहसचिव चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छिन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सहसचिव पौडेल सचिवमा बढुवा भएकी हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

त्यस्तै रिक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्माको सरूवा भएको छ। कोशी प्रदेशका प्रमुख सचिव रहेका शर्मालाई भूमि व्यवस्था सचिवमा सरूवा गरिएको हो। प्रदेशबाट संघमा आउनेमा शर्मा सबैभन्दा सिनियर प्रमुख सचिव थिए। अर्जुनप्रसाद पोखरेल अवकाश भएपछि रिक्त रहेको भूमि सचिवको जिम्मेवारी शर्माले पाएका हुन्।

प्रकाशित : ८ बैशाख २०८२, सोमबार २१:०९