सानिमा बैंकको ३० प्रतिशत हकप्रद बिक्री खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंकको ३० प्रतिशत हकप्रद बिक्री खुल्ला



काठमाडौं,१७ वैशाख । सानिमा बैंक लिमिटेड (Sanima Bank Ltd) ले वैशाख १७ गते अाजदेखी १० बराबर ३ को अनुपातमा अर्थात ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंक (SANIMA) ले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने एक करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद शेयर निष्काशन  गरेको  हो ।

चैत्त १७ गतेसम्म कायम बैंकका शेयरधनी मात्रै हकप्रदका लागि आवेदन गर्न पाउनेछन । बैंकको शेयरमा लगानीकर्ताले २०७४ वैशाख १७ गते बाट २०७४ जेठ २१ गते सम्म आवेदन दिन सक्नेछन् । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म ६२ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ५ अर्ब ३० करोड ५८ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले ३० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्तापूँजी ६ अर्ब ९० करोड पुग्नेछ । हकप्रद शेयर निष्काशन गरि बाडँफाँट गरे पश्चात् बैकको शेयर संरचना संस्थापक शेयरधनीहरु ५१ प्रतिशत र सर्वसाधारण शयरधनीहरु ४९ प्रतिशत रहनेछ ।

नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन आगामी असार मसान्तसम्ममा बैंकले थप एक अर्ब १४ करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ । बैंकले चालु आर्थिक वर्षको मुनाफाबाट बोनस वितरण गरी उक्त पूँजी पुर्याउने भएको छ ।

प्रकाशित : १७ बैशाख २०७४, आईतवार ०४:५१