बढ्दो नाफा,घट्दो जोखिम – एभरेष्ट बैंकको सन्तुलित यात्रा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

बढ्दो नाफा,घट्दो जोखिम – एभरेष्ट बैंकको सन्तुलित यात्रा



काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। आइतबार सार्वजनिक गरिएको त्रैमासिक वित्तीय विवरण अनुसार, गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३२.५५ प्रतिशतले बढेको हो। गत आवको सो अवधिमा बैंकको नाफा २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। समिक्षा अवधिमा यो आम्दानी १९.७२ प्रतिशतले बढेर ६ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा पनि ३६.४१ प्रतिशतले वृद्धि भई ५ अर्ब ८ करोड ३३ लाख रुपैयाँमा पुगेको छ।

तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ कायम भएको छ, जसले गर्दा बैंकले ३४.०९ प्रतिशत लाभांश दिन सक्ने वित्तीय आधार बनाएको छ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ। बैंकको खराब कर्जा अनुपात (एनपीएल) पनि ०.६४ प्रतिशतमा झरेको छ, जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम हो।

बैंकको प्रति शेयर आम्दानी (ईपीएस) ३५.६१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २३५.४७ रुपैयाँ कायम छ।

बैंक व्यवसाय वृद्धिमा पनि आक्रामक देखिएको छ। समीक्षावधिमा बैंकको कुल निक्षेप १४.६९ प्रतिशतले बढेर २ खर्ब ६६ अर्ब पुगेको छ। यता, कर्जा प्रवाह पनि २१.२९ प्रतिशतले वृद्धि भई २ खर्ब १६ अर्ब पुगेको छ।

एभरेष्ट बैंकको यो वित्तीय प्रदर्शनले देशको बैंकिङ क्षेत्रमा यसको सुदृढ स्थिति झल्काउँछ।

प्रकाशित : 20 April, 2025 2:38 pm