चन्द्रागिरि साकाेस २४औ वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चन्द्रागिरि साकाेस २४औ वर्षमा प्रवेश



काठमाडौ ।

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था २४औ वर्षमा प्रवेश गरेको छ ।

चन्द्रागिरि नगरपालिका-०७ थानकोट महादेवस्थान मुख्यालय भएको सहकारीले २४औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरको गोदावरी नगरपालिका-१४ ठैबमा सेवा केन्द्र उद्घाटन गर्ने भएको छ ।

बिहान १० बजे सो सहकारीको पाटन सेवा केन्द्र ठैब उद्घाटनको तयारी गरिएको संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

२०५८ सालमा स्थापना भएको चन्द्रागिरि साकोसको शेयर पुँजी २१ करोड ३५ लाख ४ हजार ६ सय रुपैयाँ छ भने २१ हजार ७ सय ३१ जना सदस्य छन् ।

सहकारीले हाल मुख्यालयका अतिरिक्त चन्द्रागिरि-१ दहचोक, ओमन्स किशसन सेवाकेन्द्र बुढानीलकण्ठ, शुभतारा सेवा केन्द्र खुमलटार र पाटन सेवा केन्द्र पुल्चोकबाट सदस्यहरूला सेवा दिइरहेको छ । 

प्रकाशित : 19 April, 2025 8:48 am