संघमा राखेको बचतलाई तरलताको रुपमा गणना गर्न पाउनुपर्छः अध्यक्ष मल्ल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

संघमा राखेको बचतलाई तरलताको रुपमा गणना गर्न पाउनुपर्छः अध्यक्ष मल्ल



काठमाडौ । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले राष्ट्र बैंकले हालै जारी गरेकाे निर्देशनले सहकारी अभियानलाई  अप्ठ्यारो परेकाे गुनासो गरेकि छिन् ।


नेपाल राष्ट्र बैकसंगकाे छलफलका क्रममा अध्यक्ष मल्लले राष्ट्र बैंकले हालै जारी गरेको निर्देशन तथा मापदण्डका कतिपय बुँदाले  बचत तथा ऋणको कारोबार गर्ने संघहरुलाई समस्या पारेको भन्दै त्यसलाई संशोधनको लागि आग्रह गरिन ।

प्रारम्भिक संस्थाहरुले बचत संघहरुमा राखेको बचतलाई तरलताको रुपमा गणना गर्न पाउनु पर्ने व्यवस्था गरिदिन उनको आग्रह छ ।

राष्ट्र बैंकको निर्देशनपछि संघहरुमा राखेको पैसा तरलतामा गणना नहुने भएपछि दिनहुँ जसो संस्थाहरुले बचत फिर्ता लगेकाले यसलाई छिटो सम्बोधन गरिदिन उनको माग छ ।

संघहरुबाट बचत फिर्ता जाँदा संघहरु समेत समस्या पर्ने भन्दै अध्यक्ष मल्लले यसलाई कसरी सुरक्षित रुपमा अवतरण गर्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकले भूमिका खेल्न उनको आग्रह छ । संघहरु समस्यामा पर्दा अभियान नै सकिने भएकाले यो विषयमा गम्भिर भइदिन अध्यक्ष मल्लको भनाई छ ।

मल्लको नेतृत्वमा गएका सहकारीकर्मीहरुले  शुक्रबार  राष्ट्र बैंकका प्रतिनिधिलाई भेटी पछिल्लो निर्देशन तथा मापदण्डका कतिपय बुँदाले सहकारी क्षेत्रलाई समस्या पारेको भन्दै संशोधनका लागि माग गरेका छन् ।

प्रकाशित : ६ बैशाख २०८२, शनिबार ०८:२०