काठमाडौ । नेपाल अटोमोबाइल्स इम्पोर्टस् एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) औपचारिक घोषणा भएको छ । नाईमा गत फागुन ९ गते कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा कम्पनी ऐन अन्तर्गत दर्ता भएको संस्था हो ।
नाइमा अटोमोबाइल ब्राण्डका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनका आयातकर्ता र उत्पादक कम्पनीहरूलाई समेट्ने गरी स्थापना गरिएको हो। संस्थाको अध्यक्ष युनाइटेड ट्रेडर्स सिन्डिकेट (टोयोटा गाडीको आधिकारिक वितरक) की प्रबन्ध निर्देशक रितुसिंह वैद्य छिन्।
संस्थामा उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सदस्यको रूपमा आबद्ध छन्। नाईमाको अन्य बोर्ड सदस्यहरुमा सुहृद राज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काभ्रा रहेका छन् ।
नाइमाले आफ्नो स्पष्ट दृष्टिकोण, कार्यक्षेत्र, मध्यकालीन तथा दीर्घकालीन योजना र मोबिलिटी सशक्तिकरणका लागि गरिने हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गरेको छ। संस्थाले नेपाली अटोमोबाइल क्षेत्रको समुचित व्यवस्थापन, विकास र नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
Comment