सहकारीका सञ्चालकलाई जेल हालेर मात्र बचत फिर्ता हुँदैनः अध्यक्ष मल्ल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीका सञ्चालकलाई जेल हालेर मात्र बचत फिर्ता हुँदैनः अध्यक्ष मल्ल



ललितपुर । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले  समस्याग्रस्त सहकारीका पीडित बचतकर्ताहरुको बचत फिर्ताका लागि सरकारसँग पहल  गर्ने बताएकी छिन् । सहकारी महासंघको सभाहलमा  आज भएको सहकारी पीडित  बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका प्रतिनिधिहरूसँग छलफल  गर्दै उनले पीडित बचतकर्तालाई न्याय दिलाउन   महासंघले  समेत पहल गरिदिने बताइन् ।

 महासंघ बचतकर्ताको साथमा रहेको र सहकारीमा जम्मा गरेको बचत पाउनु पर्नेमा आफ्नो ऐक्यवद्धता रहको उनले जनाइन् ।महासंघ बाेर्ड बैठकमा पीडित बचतकर्ताको विवषमलाई एजेन्डाको रुपमा लैजाने उनले बताइन् । सहकारी संस्थाले गरेको ऋण असुली नहुँदा कतिपय संस्थालाई बचत फिर्ता गर्न समस्या भएकाले ऋण असुलीमा हातेमालो गर्न उनले आग्रह गरिन् । सहकारीका सञ्चालकलाई जेल हालेर मात्र बचत फिर्ता नहुने भन्दै मल्लले उनीहरुलाई जिम्मेवार बनाएर लैजानुपर्ने धारणा राखिन् । 

अध्यक्ष  मल्लले बचतकर्ताहरूको रकम फिर्ता गराउने विषयलाई महासंघले गम्भीरताका साथ लिएको बताउँदै, सरकारले यस सम्बन्धमा केही कदम चालिसकेको र महासंघले थप प्रभावकारी रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त  गरिन् । 

सहकारी पीडित बचतकर्ता संरक्षण महासंघकाअध्यक्ष कुशलभ केसीले लामो समयदेखि समस्याग्रस्त सहकारी संस्थाहरूका कारण हजारौं बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन नसकेको  बताए । बचतकर्ताहरूको बचत सुरक्षित गर्न तथा फिर्ता पाउने अवस्था सिर्जना गर्न सरकार, महासंघ, नियमनकारी निकायहरू, र सबै सरोकारवाला पक्षहरूले समन्वय गर्नुपर्नेमा उनको जोड छ । उनले महासंघलाई बचत फिर्ताका लागि सरकारसँग गम्भीर रूपमा पहल गरिदिन अनुरोध गरेका थिए ।

 सहकारी क्षेत्रको विश्वसनीयता जोगाउन तथा सदस्यहरूको विश्वास पुनःस्थापित गर्न समेत मिलेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे । उनले लामो समयदेखि बचतकर्ताले सडक सर्घष गरेको र सरकारसँग पटक पटक भएको सम्झौता कार्यान्वयन नभएकोमा गुनासो गरे । सहकारी अध्यादेशले समेत पीडित बचतकर्ताको बचत फिर्ताको विषयमा नबोलको भन्दै उनले बचत फिर्ता पाउने वातावरण बनाउन सबै पक्ष लागि दिन आग्रह गरे । आफुहरु पनि सहकारीलाई सक्ने नभई समस्या समाधान गरेर जानुपर्छ भन्ने पक्षमा रहेको केसीको भनाई छ । 

प्रकाशित : २७ चैत्र २०८१, बिहीबार २०:५६