बैंकिङ एक्स्पो आज देखि सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंकिङ एक्स्पो आज देखि सुरु



काठमाडौं १५ बैशाख  । बैंकिङ एक्स्पो २०१७ आज देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ  छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालद्धारा विहान ११ बजे कार्यक्रमको उद्घाटन गरिनु भएको छ । मिडिया इन्टरनेशनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतको सहभागितामा हुने कार्यक्रमको उद्ुघाटन नेपाल राष्ट्र बैंकका हुन लागेको कार्यक्रममा विभिन्न बैंक वित्त कम्पनीहरुले सूचनामूलक स्टल संचालनमा ल्याउने छन् ।
३ दिनसम्म सञ्चालन हुने उक्त एक्स्पोमा सेयरबजार र बैंकबारे विभिन्न जानकारी गराइने कार्यक्रम रहेको छ । एक्स्पो विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ । सेयर बजारबारे जान्न चाहने र सेयरमा लगानी गर्न चाहानेका लागि कार्यक्रम थप उपयोगी हुने बताइएको छ । साथै युवा स्वरोजगार कोष, नागरिक लगानी कोष, नेपाल राष्ट्र बैंकले समेत सूचनामूलक स्टलहरु राख्ने कार्यक्रम संयोजक माधव निर्दोषले जानकारी दिएका छन् ।

प्रकाशित : १५ बैशाख २०७४, शुक्रबार ०८:१७